बालेन शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत, सात सदस्यीय सचिवालय गठन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गरिएको हो।
बुधबार पार्टी कार्यालयमा बैठकले पार्टीको कार्यसम्पादनलाई थप चुस्त बनाउन विधान बमोजिम सात सदस्यीय ‘पार्टी सचिवालय’ समेत गठन गरेको छ। सचिवालयमा सभापति लामिछानेसहित निर्वाचित पदाधिकारीहरू उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)