बाढीपहिरो पीडितका लागि बुटवल उपमहानगरले ५१ लाख दिने
ratopati.com · Thu Aug 27 13:18:39 GMT 2026

बुटवल । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा तत्काल आकस्मिक रूपमा कार्यपालिकाको बैठक बसी उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । उपमहानगरपालिकाका अनुसार उक्त रकममा जनप्रतिनिधि तथा कर्मचारीबाट प्राप्त हुने सहयोगसमेत थप गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)