रसुवा बाढी: ९१० जना अझै बेपत्ता
ratopati.com · Thu Aug 27 13:17:38 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार साँझ ६:२० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा परी ९१० जना अझै बेपत्ता रहेको जनाएको हो ।
प्राधिकरणका अनुसार बाढीका कारण विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी छ। सबैभन्दा बढी चितवनमा १३२ जनाको शव भेटिएको छ। त्यसैगरी नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा विभिन्न मानव अङ्गसहित ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)