‘फोकटको सल्लाह’ दिने कोशीका सचिव निरौलाको रसुवा सरुवा
ratopati.com · Sun Aug 30 12:56:39 GMT 2026

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाको काज सरुवा भएको छ । सामाजिक सञ्जालमा संघीय सरकारलाई लक्षित गर्दै स्टाटस लेखेको आधारमा उनलाई रसुवा सरुवा गरिएको हो ।
रसुवामा आएको भोटेकोशीको बाढीले बगाएर ल्याएका शवहरू चितवनमा हतार–हतार गाडिएको समाचार सार्वजनिक भएपछि सचिव निरौलाले शनिबार फेसबुकमा एउटा लामो लेख पोस्ट गरेका थिए । कोभिड–१९ को महाव्याधिमा मोरङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहँदाको अनुभव स्मरण गर्दै उनले भनेका थिए, ‘प्रोटोकलको नाममा मृतकको अनुहारसमेत हेर्न नदिनु र संस्कारविहीन ढङ्गले शव व्यवस्थापन गर्नु मानवीय संवेदनाविपरीत छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)