नाइमाले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने
nagariknews.nagariknetwork.com · Sun Aug 30 12:47:31 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु ५० लाख सहयोग गर्ने भएको छ।
नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आइतबार एक विज्ञप्ति जारी गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)