रास्वपा केन्द्रीय समितिको बैठकले के-के गर्यो निर्णय ?
kendrabindu.com · Wed Jul 29 15:48:20 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने क्रममा सचिवालय गठन गरेको छ। साथै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ।
बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले सचिवालय गठनसँगै संगठन विस्तारलाई तीव्रता दिने, आगामी स्थानीय तह निर्वाचनको तयारीलाई योजनाबद्ध रूपमा अघि बढाउने तथा सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णयहरू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)