मुगुले पहिलोपटक मुख्यमन्त्री पाएपछि दीप प्रज्वलन
annapurnapost.com · Wed Jul 29 15:44:53 GMT 2026

मुगु : मुगुबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य मंगलबहादुर शाही कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भई शपथ लिएपछि गृहजिल्ला मुगुमा खुसीयाली मनाइएको छ। मुगुले पहिलोपटक कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै जिल्लामा सक्रिय विभिन्न राजनीतिक दलसम्बद्ध युवाहरूले दीप प्रज्वलन गरेका छन्।
मुगुका विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरूको सहभागितामा आयोजित दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले नेकपा लगायतका दलसम्बद्ध युवाहरू सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)