गाउँपालिका अध्यक्षलाई गाला र टाउकोमा मुक्का हानेर भाग्ने व्यक्ति पक्राउ
ratopati.com · Wed Jul 29 15:55:27 GMT 2026

धादिङ। सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सिद्धलेक गाउँपालिका वडा नं. ७ निवासी ४८ वर्षीय विशाल भन्ने रुद्र बहादुर गिरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार असार ३२ गते सिद्धलेक–५ बुङचुकस्थित सार्वजनिक स्थानमा गिट्टी र बालुवा धुने 'वासिङ मेसिन' को विषयलाई लिएर विवाद भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)