रसुवा बाढी : रामेछापका ३६ जना अझै सम्पर्कविहीन, १५ जना सम्पर्कमा
newsofnepal.com · Thu Aug 27 13:15:49 GMT 2026

रामेछाप ।
रसुवामा आएको भीषण बाढीका कारण सम्पर्कविहीन बनेका रामेछापका ५१ जनामध्ये १५ जना सकुशल सम्पर्कमा आएका छन्। बाढी आएलगत्तै सञ्चार सम्पर्क विच्छेद भएपछि उनीहरूबारे जानकारी नहुँदा परिवार तथा आफन्तमा चिन्ता बढेको थियो। पछिल्लो समय सम्पर्कमा आएका १५ जनालाई सुरक्षित स्थानमा राखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता एमव् प्रहरी निरिक्षक कमल राउतले जानकारी दिनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)