सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, भोलिदेखि स्वास्थ सेवा नियमित
nepalnews.com · Wed Jul 29 16:00:12 GMT 2026

काठमाडौँ। नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।
सहमतिअनुसार दोषीमाथि प्रचलित कानुनबमोजिम थप कारबाही अघि बढाइने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनी व्यवस्था थप प्रभावकारी बनाउन आवश्यक संशोधन प्रक्रिया तत्काल अघि बढाइने तथा सम्बन्धित मन्त्रालय र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)