प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत
aarthiknews.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत भएका छन । आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो ।
सुनसरीलगायत जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी बैठकले शोकाकुल परिवारजनमा रास्वपाले गहिरो समवेदना प्रकट गरेको छ । साथै घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)