सुनसरी घटनापछि उपराष्ट्रपतिद्वारा शान्ति र सद्भाव कायम गर्न अपिल
nepalnews.com · Wed Jul 29 16:22:06 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र संयमता कायम गर्न अपिल गरेका छन्।
नेपालको विविधताबीचको एकता, सहिष्णुता, भाइचारा र सामाजिक सद्भावलाई साझा सम्पत्तिका रूपमा उल्लेख गर्दै उनले सबै नागरिकलाई संयमता अपनाउन, हिंसा र मुठभेडबाट टाढा रहन तथा जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्। कुनै पनि समस्या समाधानको मार्ग शान्तिपूर्ण संवाद भएको उल्लेख गर्दै आफ्ना माग र विचार संयमित ढंगले प्रस्तुत गर्न उनले सबै पक्षलाई अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)