भदौ १ देखि रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने, वैज्ञानिक प्रक्रियाबाट उम्मेदवार छनोट
nepalpress.com · Wed Jul 29 16:47:59 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ । पार्टीले आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ ।
रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले आज सामाजिक सञ्जालमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण र सुशासनको आधार निर्माण गर्ने उद्देश्यका साथ ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)