बाढीपीडितका लागि कांग्रेस वाग्मतीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने
baahrakhari.com · Sun Aug 30 13:09:00 GMT 2026

हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले बाढीपीडितका निम्ति सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन प्रदेश कार्यसमितिले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको तर्फबाट उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कांग्रेसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी उपलब्ध गराउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)