नेपालको राष्ट्रिय झण्डाको मानव आकृति बनाएर आसियान वर्ल्ड रेकर्ड्स कायम
ratopati.com · Wed Jul 29 17:55:01 GMT 2026

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाल बाटिका पाठशालाका विद्यार्थीहरूले नेपालको राष्ट्रिय झण्डाको मानव आकृति निर्माण गरी 'आसियान वर्ल्ड रेकर्ड्स' मा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् ।
मंगलबार काठमाडौँको सामाखुसीस्थित होटल रोबोटमा आयोजित एक विशेष समारोहका बीच उक्त विश्व कीर्तिमानको प्रमाणपत्र वितरण गरिएको छ । विद्यार्थीहरुले राष्ट्रिय झण्डाको मानव आकृति निर्माण भने गत जुन २१ मै गरेका थिए ।