लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
arthasansar.com

लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक गरिएको छ। पुस्तक संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशद्वारा प्रकाशन भएको हो। पुस्तकमा बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका आकर्षक तस्बिरसँगै तिनको संक्षिप्त परिचय समेटिएका छन्।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशको पर्यटन, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले बागमती प्रदेशका पर्यटकीय गन्तव्य, धार्मिक सम्पदा तथा सांस्कृतिक विविधतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको पुस्तक प्रदेश चिनाउने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। “पुस्तक बागमती प्रदेशलाई चिनाउने महत्त्वपूर्ण आँखीझ्यालका रूपमा स्थापित हुनेछ,” उनले भने, “यसले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउनेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)