प्रधानमन्त्री मोदी र अरब लिगका कूटनीतिज्ञबिच भेटवार्ता
ratopati.com · Sat Jan 31 18:04:11 GMT 2026

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीमा अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गरेका छन् । दुई मुलुकबिचका कुटनीतिज्ञ र प्रतिनिधिमण्डलबिचको भेटमा व्यापार, प्रविधि र ऊर्जा जस्ता क्षेत्रहरूमा सहयोग बढाउने साझेदारीलाई नयाँ उचाइमा पुर्याउने उनले बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा उनले अरब संसारलाई भारतको विस्तारित छिमेकको एक हिस्साको संज्ञा दिँदै यो स्थायी भ्रातृत्व सम्बन्ध र शान्ति र स्थिरताको प्रतिबद्धताले जोडिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)