बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो
baahrakhari.com · Sun Jun 28 23:58:38 GMT 2026

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ ।
भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जंगली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा छन् । दैनिक ४० देखि ५० वटाको संख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको स्थानीयवासीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)