विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
barnanmedia.com · Wed Jul 29 21:15:00 GMT 2026

भारतको राजधानी दिल्लीले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सन् २०२७ सम्म नयाँ दर्ता हुने अधिकांश सवारीसाधनलाई विद्युतीय बनाउने महत्तुवाकांक्षी नीति लागू गरेको छ । तर नीति सफल बनाउन आवश्यक चार्जिङ पूर्वाधार, विद्युत् आपूर्ति र उपभोक्ताको विश्वास अझै चुनौतीका रूपमा रहेको विज्ञहरू र प्रयोगकर्ताहरूले बताएका छन् ।
जुलाई १ देखि लागू भएको नयाँ नीतिअनुसार सन् २०२७ सम्म अधिकांश नयाँ दर्ता हुने सवारी विद्युतीय बनाइने लक्ष्य राखिएको छ । हाल सञ्चालनमा रहेका पेट्रोल तथा डिजेल सवारी तत्काल प्रतिबन्धित नहुने भए पनि क्रमशः तिनको प्रयोग घटाउने योजना सरकारले अघि सारेको छ । दिल्लीका करिब ७० प्रतिशत सवारीसाधन दुई र तीनपाङ्ग्रे भएकाले नयाँ नीतिले यिनै वर्गलाई प्राथमिकतामा राखेको छ । सन् २०२७ देखि नयाँ तीनपाङ्ग्रे सवारी र साना मालवाहक सवारी विद्युतीय हुनुपर्ने व्यवस्था गरिएको छ भने त्यसपछि दुईपाङ्ग्रे सवारीमा पनि यही नीति लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)