डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु, श्रीमान पक्राउ
barnanmedia.com · Wed Jul 29 22:40:32 GMT 2026

डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-४ देउथलीका अन्दाजी ५०/५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरी आफ्नी ४७ वर्षीया श्रीमती अमृता ओलीलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी अमृतालाई स्थानीय स्वास्थ्य चौकी चन्कट्टेमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको थियो । सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा चिकित्सकले अमृतालाई मृत घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)