बहु–जोखिम पूर्वसूचना प्रणालीको आवश्यकता
nepalviews.com · Sun Aug 30 13:44:56 GMT 2026

बाढीको घटना भनेर मात्र बुझ्नु वा वर्षा नाप्ने मिटर हेरेर मात्र बाढीको प्रकोपबाट ज्यान जोगाउन सकिन्छ भनेर बुझ्नु पर्याप्त हुँदैन । हिमवत् क्षेत्रमा जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पछिल्ला समयहरुमा हिमताल फुट्नु र त्यो भन्दा पनि जटिल अर्को जोखिम ठूला हिम-चट्टानहरु तल बज्रिएर निम्तिने गरेको प्रकोप, विपद्बाट मानिसहरुको ज्यान कसरी बचाउने ? यो हिमाली सीमावर्ती राष्ट्रहरुमाथि बारम्बार उठ्ने गरेको प्रश्न हो ।
हिमाली सीमावर्ती राष्ट्रद्वय नेपाल–चीन सीमापार हिमाली जोखिमका लागि केही पूर्वसूचना तथा निगरानी संयन्त्र प्रयोगमा छन्, तर पर्याप्त भएन । हालैको लेङ्दे बाढी घटनाले अब दुई देशीय एकीकृत “बहु–जोखिम पूर्वसूचना प्रणाली तथा द्रूत सेवा प्रणाली” सम्झौताको बढ्दो आवश्यकता महशुस गराएको छ । यसले देशको सीमामा पुगेपछि मात्रै चेतावनी दिने होइन, जोखिम सुरु भएको ठाउँबाटै अर्को देशलाई तुरुन्त सूचना दिने काम गर्छ । यसमा ‘वास्तविक–समय उपग्रह’ (रियल–टाइम स्याटलाइट) अवलोकन, राडार निगरानी, भूकम्पीय गतिविधि, हिमनदीको अवस्था, हिमताल र हिम-चट्टानको अवस्था, वर्षा र नदीको जलस्तर सम्बन्धी तथ्याङ्कलाई एकीकृत गर्ने प्रणालीको विकास गरिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)