बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोली
baahrakhari.com · Thu Aug 27 13:21:52 GMT 2026

काठमाडौं । पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा वातावरण मन्त्रालयको प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।
बाढी प्रभावित क्षेत्रका पशुचौपायाको स्वास्थ्य अवस्था तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरेको छ । भेटका क्रममा टोलीले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएका पहल तथा उद्धार–राहतसम्बन्धी गतिविधिबारे जानकारी लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)