आजको राशिफल
himalpress.com · Thu Jul 30 00:40:59 GMT 2026

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ । प्रेम सम्बन्ध दाम्पत्य जीवनमा रूपान्तरण हुनेछ । सापटी स्वरूप लगेको रुपैयाँ पैसा फिर्ता आउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)