‘एआईले मेटाको व्यवसायलाई नयाँ उचाइमा पुर्याउँदै, अब २४ घण्टा काम गर्ने व्यक्तिगत एआई एजेन्ट ल्याउने तयारी’: मार्क जुकरबर्ग
kalakarmi.com · Thu Jul 30 00:44:41 GMT 2026

काठमाडौं- मेटाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता (एआई) ले कम्पनीको मुख्य व्यवसायलाई तीव्र गतिमा अघि बढाइरहेको बताउँदै अब २४ घण्टा प्रयोगकर्ताको तर्फबाट काम गर्ने व्यक्तिगत एआई एजेन्ट विकास गर्ने तयारी भइरहेको बताएका छन् । उनले मेटाको त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।
जुकरबर्गका अनुसार हाल विश्वभर दैनिक ३ दशमलव ६ अर्बभन्दा बढी मानिसले मेटाका कम्तीमा एउटा एप प्रयोग गरिरहेका छन् । इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ता २ अर्ब पुगेका छन् भने थ्रेड्सले मासिक ५० करोड सक्रिय प्रयोगकर्ता पार गर्दै सबैभन्दा तीव्र गतिमा बढ्ने संवादमूलक एपको कीर्तिमान बनाएको छ । फेसबुक पनि दैनिक २ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्तासहित अग्रस्थानमा रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)