सुनसरीमा सुरक्षातन्त्रको कमजोरी : पूर्वतयारीको सट्टा हिंसापछि बल प्रयोग
kendrabindu.com · Thu Jul 30 00:55:10 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिकामा सुरक्षा निकायले पूर्वसूचना संकलन र सरोकारवाला समेटेर काम गर्नुको सट्टा हिंसा भइसकेपछि मात्र बल प्रयोगमा केन्द्रित भएको देखिन्छ । त्यसको प्रभाव प्रहरीको अत्यधिक बल प्रयोगबाट एक जनाको मृत्यु भयो, प्रहरीको गोली लागी ९ जना स्थानीय र झडपमा १३ जना प्रहरी घाइते भए, जसले सुरक्षातन्त्रको तयारी र प्राथमिकतामाथि फेरि गम्भीर प्रश्न उठाएको छ ।
सुनसरी घटनामा सुरक्षा विज्ञदेखि स्वयं गृहमन्त्री सुधन गुरुङले समेत सुरक्षा निकायको कमजोरीकै रूपमा टिप्पणी गरेका छन् । यो घटनाले राष्ट्रिय अनुसन्धान विभागको भूमिकामाथि पनि सवाल उठेको छ । हालै प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको राष्ट्रिय अनुसन्धान विभागले स्वतन्त्र रूपमा सूचना संकलन गर्ने र परिस्थितिको मूल्यांकन गर्ने जिम्मेवारी पाएको छ । तर सुनसरी घटना सम्बन्धमा विभागले परिस्थितिको पर्याप्त मूल्यांकन गरेको थियो कि थिएन भन्नेसमेत प्रश्न छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)