‘पाथीभरा माता’ नामले प्रख्यात २४ वर्षीय समीर थापा महिला दुर्व्यवहार गरेको आरोपमा पक्राउ
himalpress.com · Thu Jul 30 01:18:50 GMT 2026

काठमाडौँ- आफूलाई ‘पाथीभरा माता’ नामले चिनाउने २४ वर्षीय समीर थापा प्रहरी नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको हो।
नेपाल प्रहरीको समाचार शाखाका अनुसार निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको हो। थापाले धर्मका नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)