भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
ratopati.com · Sun Aug 30 13:59:31 GMT 2026

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये आज बिहानसम्म सो सङ्ख्यामा टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् । हालसम्म सप्तरीका ४९, पर्साका ४०, रौतहटका १९, बाराका २५, सर्लाहीका १९, महोत्तरीका १७, धनुषाका १३ तथा सिरहाका १० जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)