म्यानमाले मलेसियाबाट पाँच हजार रोहिङ्ग्या फिर्ता लैजाने
nepalviews.com · Thu Jul 30 01:22:46 GMT 2026

एजेन्सी । म्यानमाले मलेसियामा रहेका पाँच हजार रोहिङ्ग्या शरणार्थीलाई फिर्ता लैजान सहमति जनाएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बुधबार बताएका छन् । मलेसियाली अधिकारीले सयभन्दा बढी रोहिङ्ग्यालाई हिरासतमा लिएको केही दिनपछि स्वदेश फिर्तीसम्बन्धी यस्तो घोषणा भएको हो ।
मलेसियामा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायमा दर्ता भएका दुई लाख १५ हजारभन्दा बढी शरणार्थी तथा शरणार्थीको हैसियतका लागि आवेदन दिएका व्यक्ति रहेका छन् । तीमध्ये एक लाख २६ हजारभन्दा बढी म्यानमाका रोहिङ्ग्या समुदायका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)