वर्षाले चीनसँग व्यापार गर्ने तीनवटा नाका अवरुद्ध, संकटमा व्यवसाय र व्यवसायी
kendrabindu.com · Thu Jul 30 01:39:49 GMT 2026

काठमाडौं । वर्षाका कारण पछिल्ला केही सातादेखि चीनसँगका मुख्य तीनवटा सीमानाहरु आफ्नो पूर्ण क्षमताअनुसार सञ्चालनमा आउन सकेका छैनन् । जसकारण चाडपर्वअघिको सामाग्री आपुर्तिलाई लिएर चिन्ता सुरु भएको छ ।
सिन्धुपाल्चोकस्थित तातोपानी नाका पहिरोका कारण बन्द छ । गत वर्ष बाढीले पुल बगाएपछि प्रभावित भएको रसुवागढी नाकामा आयात–निर्यात अझै सामान्य अवस्थामा फर्कन सकेको छैन । यस वर्षको बर्खाले रसुवागढीमा थप चुनौती निम्त्याएको छ । सीमित मात्रामा मुस्ताङको कोरला नाकाबाट मात्रै सामाग्री आपुर्ति भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)