बागमती सरकारबारे राप्रपाको रणनीति : ७ वटै प्रदेशमा भागबन्डा र निर्वाचनसम्मै चुनावी मोर्चा
ratopati.com · Thu Jul 30 01:43:13 GMT 2026

मकवानपुर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमति अनुसार बागमती प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने तयारी थालेको छ । यद्यपि यी दुई दल मिल्दासमेत प्रस्ट बहुमत नजुट्ने भएकाले नयाँ सरकार गठनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक भूमिकामा देखिएको छ ।
राप्रपाले ७ वटै प्रदेशमा आफूलाई सत्ता साझेदार बनाइने अवस्थामा मात्र बागमती प्रदेशको सन्दर्भमा सघाउने रणनीति लिएको छ । केवल बागमती प्रदेशको शक्ति सन्तुलनमा मात्र सीमित नभई राप्रपाले सातै प्रदेशको सत्ता साझेदारी र आगामी स्थानीय तहदेखि प्रदेश निर्वाचनसम्म चुनावी मोर्चालाई मुख्य सर्त बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)