भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
nagariknews.nagariknetwork.com · Thu Jul 30 01:46:27 GMT 2026

सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाए। तत्कालीन समयमा उनको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो।
सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो। पछिल्ला वर्षहरूमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्छन्। उनी भन्छन्, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ। ”
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)