राष्ट्र बैंकले २ महिनाका लागि ३० अर्ब झिक्यो
barnanmedia.com · Thu Jul 30 01:40:47 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ झिकेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उल्लिखित रकम झिक्न थालेको हो । सोही क्रममा आज दुई महिना (६१ दिन)का लागि एक सय ३० अर्ब झिकेको लागेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । तर, बजारमा तरलता बढेपछि दुई साता अघि राष्ट्र बैंकले ऋणपत्रमार्फत एक वर्षका लागि २ खर्ब रुपैयाँ झिकिसकेको छ । त्यति पैसा झिक्दा पनि बजारमा पैसा नघटेपछि लगत्तै निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ झिक्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)