रातको १२ बजे माइतीघरमा जे देखियो...[तस्वीरहरू]
shilapatra.com · Thu Jul 30 02:29:42 GMT 2026

घडीले रातीको १२ पार गरिसकेको छ । राजधानीका अधिकांश सडक सुनसान बन्दै गएका छन् । तर माइतीघर मण्डलामा भने केही मानिसहरू अझै निदाएका छैनन् । उनीहरूको रात घरको न्यानो ओछ्यानमा होइन, खुला आकाशमुनि चिसो भुइँमा बितिरहेको छ ।
देशका विभिन्न जिल्लाबाट न्यायको खोजीमा काठमाडौं आइपुगेका लघुवित्तपीडितहरू बस्ने कुनै सुरक्षित ठाउँ नपाएपछि माइतीघरलाई नै आफ्नो अस्थायी बास बनाएका छन् । लगातार परिरहेको वर्षाबाट जोगिन कसैले प्लास्टिक ओढेका छन् भने कसैले लगाउने कपडालाई नै त्रिपाल बनाएर त्यसैमुनि रात कटाइरहेका छन् । कोही नजिकैको घरको पेटीमा त कोही गाडी पार्किङमा अनि कोही पीडित सुत्न नसक्दा रातभरि नै यताउति हिँडिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)