यी हुन् बाढी र पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू
nepalviews.com · Thu Jul 30 02:40:04 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका अनुसार देशका विभिन्न भागमा गएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु-रामेछाप सडक, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक, इलामको मेची राजमार्ग, तथा कर्णाली प्रदेशका रुकुम पश्चिम र जाजरकोटका मुख्य सडकहरू पूर्ण रूपमा ठप्प रहेका छन्।
ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि नै पहिराका कारण पूर्ण रूपमा अवरुद्ध छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। दोलखाको लामासाँघु-रामेछाप सडक र रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक खण्ड पनि बाढीका कारण अवरुद्ध छन्, यद्यपि दोलखामा वैकल्पिक बाटो सञ्चालनको प्रयास जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)