लगानी बोर्डको सीईओमा मनोज पौडेलको बलियो दाबेदारी, अन्तिम तीनमा याङ्की उक्याव र जितेन्द्र धिताल पनि
barnanmedia.com · Thu Jul 30 02:50:17 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोेजक रहेको समितिले लगानी बोर्डको सीइओका लागि ३ जनाको नाम सिफारिस गरेको छ । संक्षिप्त सूचीमा छनोट भएका ८ जनामध्येबाट समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।
लगानी बोर्डको सीइओका लागि सिफारिस हुनेहरुमा याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धिताललाई सिफारिस गरेको छ । अर्थमन्त्री वाग्ले संयोजक, योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुुशासन सल्लाहकार सुदीप ढकाल सदस्य रहेको बोर्डको सीईओ छनोट समितिले सिफारिस गरेकामध्ये पौडेल सीइओ हुने संभावना प्रबल देखिएको छ । पौडेल नभएमा याङ्की उक्याव सीइओ हुने संभावना देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)