विवाहको छ महिनामै महिलाको शंकास्पद मृत्यु, श्रीमानसहित ५ जना पक्राउ
nepalpress.com · Thu Jul 30 03:01:30 GMT 2026

कैलाली । धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनकी श्रीमानसहित परिवारका पाँच जनालाई पक्राउ गरेको छ।
विवाह भएको करिब छ महिनामै कुटपिट गरी हत्या गरिएको आरोप माइती पक्षले लगाएका छन्। छोरीको हत्या गरिएको भन्दै बुबाले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले श्रीमान्, हजुरबुबा, हजुरआमा, बुबा र बहिनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)