कराते खेलाडी सुनील र याङतेन सम्मानित
kendrabindu.com · Thu Jul 30 03:05:07 GMT 2026
काठमाडौं । मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा योगदान पुर्याएबापत पूर्वकराते खेलाडी सुनील लामा र उदीयमान खेलाडी याङतेन लामालाई बुधबार सम्मान गरेको छ।
११ औं साग र १३ औं एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण विजेता सुनीललाई करातेप्रतिको समर्पण र अन्तर्राष्ट्रियस्तरमा नेपाललाई दिलाएको सफलताको कदर गर्दै सम्मान गरिएको हो। विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपलब्धि हासिल गरेका सुनीलका छोरा याङतेनलाई पनि सम्मानित गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)