कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
annapurnapost.com · Thu Jul 30 03:17:24 GMT 2026

काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिका –५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटाबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो। बिहीबार बिहान २:०७ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)