अन्तर्राष्ट्रिय मित्रता दिवस
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
कााठमाडौँ । आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाललगायत अधिकांश देशहरुले आज यो दिन अन्तर्राष्ट्रिय मित्रता दिवसका रुपमा मनाउने गर्दछन् ।
मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले सुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए, तर ग्रीटिङ कार्डस इन्डष्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो । सन् १९५८ को ३० जुलाईमा उरुग्वेमा संसारको पहिलोपटक मित्रता दिवस मनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)