जेलेन्स्कीले चेतावनी दिएको केही घण्टामै किएभमा रूसको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण
nepalviews.com · Thu Jul 30 03:56:04 GMT 2026

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले 'ठूलो आक्रमण' को तयारी गरिरहेको चेतावनी दिएको केही घण्टा नबित्दै रूसले किएभ र अन्य युक्रेनी सहरहरूलाई लक्षित गरी शक्तिशाली क्षेप्यास्त्र आक्रमण गरेको छ। युक्रेनी वायुसेनाका अनुसार बिहीबार बिहानै रूसले किएभतर्फ क्षेप्यास्त्र प्रहार गरेको हो।
सहरको सैनिक प्रशासनले दिएको जानकारीअनुसार राजधानी किएभमा भएको यस आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ। वायुसेनाले किएभमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुनुका साथै डनिप्ररो र क्रिभी रिग सहरहरू पनि आक्रमणको चपेटामा परेको जनाएको छ। बिहीबार बिहान जारी गरिएको चेतावनीमा रूसको दक्षिणी नोभोरोसियस्क क्षेत्र र सामरिक विमानहरूबाट क्रूज क्षेप्यास्त्रका 'धेरै लहरहरू' प्रहार भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)