विराटनगरबाट काठमाडौं पठाउन लागिएको पार्सलबाट लागुऔषध बरामद
kendrabindu.com · Thu Jul 30 04:05:42 GMT 2026

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको एउटा पार्सलबाट प्रहरीले १८.४८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
बुधबार साँझ विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स सुजलाई एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)