रोपाइँकै समयमा ‘ट्रान्सफर्मर’ चोरी
lokaantar.com

सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन् । रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भएका हुन् ।
गौशाला नगरपालिका १ का किसान धनबहादुर समाल मगरका अनुसार कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र नकटाझिज धनुषाले विसं २०७९ मा डिप बोरिङ सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरेको थियो । उक्त ट्रान्सफर्मरबाट डिप बोरिङमार्फत करिब १५–१६ बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)