मृत्युदण्ड सुनाइएकी शेख हसिना यसै वर्ष बंगलादेश फर्किने
kendrabindu.com · Mon Jun 29 00:48:25 GMT 2026

काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन्। मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएकी उनले स्वदेश फर्किने बताएकी हुन्।
अठहत्तर वर्षीया हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा १५ वर्षदेखिको लामो शासन छाड्दै छिमेकी मुलुक भारतमा आश्रय लिइरहेकी छन्। त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)