एकदिनमै हट्यो थापाथली क्षेत्रको अव्यवस्थित तार
corporatenepal.com · Thu Jul 30 04:31:13 GMT 2026

काठमाडौं । थापाथली क्षेत्रका अव्यवस्थित तार एक दिनमै हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अग्रसरतामा बुधबार लामो समयदेखि थापाथली क्षेत्रमा सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका विद्युत्, इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गरिएको हो ।
मंगलबार राति तारहरूको गुजुल्टाेमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुटेका थिए । उनले अवरुद्ध सेवा तत्काल सूचारू र तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय पनि गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)