राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै
annapurnapost.com · Thu Jul 30 04:44:59 GMT 2026

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)