मोरङ प्रशासनले बोलायो सर्वपक्षीय बैठक
baahrakhari.com · Thu Jul 30 05:01:34 GMT 2026

काठमाडौ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि कोसी प्रदेशको राजधानी विराटनगर र अन्यत्र पनि असर देखिन थालेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार (साउन १४) अपराह्न सर्वपक्षीय बैठक आह्वान गरेको छ ।
मोरङ प्रशासनले जिल्लाका सबै १७ स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, राजनीतिक दल, सुरक्षा समितिका पदाधिकारी, हिन्दुवादी र मुस्लिमवादी संगठन, उद्योग वाणिज्य महासंघ, मोरङ व्यापार संघ, उद्योग संगठन, व्यापार संघ, परिसंघलगायत व्यापारिक क्षेत्रलाई समेत बैठकका निम्ति पत्राचार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)