‘आईपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्यो’
clickmandu.com · Thu Jul 30 05:08:50 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले पुँजी बजारमा जलविद्युत आयोजनाहरूको साधारण सेयर (आइपीओ) र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिनुलाई निजी क्षेत्रमाथि गरिएको ‘अपराध’ को संज्ञा दिएका छन् ।नेपालको कुल विद्युत उत्पादनमा निजी क्षेत्रले करिब ३ हजार ५०० मेगावाट योगदान पुर्याइसकेको अवस्थामा नेपाल धितोपत्र बोर्डको नेतृत्वले पुँजी प्रवाह रोक्दा निर्माणाधीन आयोजनाहरू चरम आर्थिक संकटमा परेको उनको भनाइ छ । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि वन मन्त्रालयको जटिल नीति र प्रशासनिक झमेलाका कारण कार्यान्वयनमा चुनौती देखिएको डाँगीको तर्क छ । उनले विद्युत खरिद सम्झौता (पीपीए) मा लगाइएको सीमा हटाउन र विद्युत व्यापारमा निजी क्षेत्रलाई पनि सहभागी गराउन सरकारसँग माग गरे । ऊर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण र नीतिगत स्थायित्व अनिवार्य रहेको भन्दै उनले विद्यमान कानूनी अड्चनहरू तत्काल फुकाउनुपर्नेमा जोड दिए । यसै सम्बन्धमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले इप्पान अध्यक्ष मोहन डाँगी सँग गरेको कुराकानी-
इप्पानको नेतृत्वमा पुगेपछि यो क्षेत्रलाई कसरी हेरिरहनुभएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)