पाकिस्तानको हांगुमा प्रहरी चौकीमा भीषण हमला: डीएसपीसहित ९ प्रहरीको मृत्यु, १५ आक्रमणकारी मारिएको दाबी
newsofnepal.com · Thu Jul 30 05:09:15 GMT 2026

काठमाडौँ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित हांगु जिल्लाको खजिना चेक पोस्टमा बुधबार भएको भीषण आक्रमण र त्यसपछिको प्रतिकार कारबाहीमा डीएसपी दियार खानसहित ९ जना प्रहरीको मृत्यु भएको छ। घटनामा डीएसपी मुजाहिद हुसेनसहित २८ जना प्रहरी घाइते भएका छन्। खैबर पख्तुनख्वा प्रहरीका अनुसार भारी हतियारसहित आएका आक्रमणकारीहरूले प्रहरी चौकीमा हमला गरेपछि लामो समयसम्म दोहोरो भिडन्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)