उपचार खर्चमा सरकारको खेलाँची
nagariknews.nagariknetwork.com · Thu Jul 30 04:54:38 GMT 2026

कोहलपुर - ८ नयाँ बस्तीकी नन्दकली विकले आफ्नो घाँटीमा लगाइरहेको तिलहरी बेच्दा त्यो उनको अन्तिम गहना मात्र थिएन, रोगसँग लड्ने पहिलो साहस पनि थियो। घरमा नगद थिएन। लामो समयदेखि शरीरमा देखिएको समस्याले उनलाई अस्पतालसम्म पुग्न बाध्य बनाएको थियो। अन्ततः तिलहरी बेचेर जुटाएको पैसाले उनी बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल पुगिन्। परीक्षणको रिपोर्ट आयो, ‘क्यान्सर।’
त्यसयता चार वर्षदेखि उनी नियमित औषधिका भरमा जीवनसँग संघर्ष गरिरहेकी छन्। रोगसँग जुध्ने साहस अझै कमजोर भएको छैन, तर अहिले उनलाई क्यान्सरभन्दा ठुलो अर्को चिन्ताले सताउन थालेको छ। त्यो हो, ‘औषधि किन्ने पैसा कहाँबाट ल्याउने ?’ सरकारले क्यान्सर भएका, मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका तथा मेरुदण्ड पक्षाघात भएका बिरामीको उपचार खर्चका लागि मासिक पाँच हजार उपलब्ध गराउँदै आएको थियो। यही रकमले नन्दकलीजस्ता धेरै बिरामीका लागि औषधि, अस्पतालसम्मको यात्रा र नियमित उपचारको आधार बनेको थियो, तर गत वैशाखयता यो रकम रोकिएको छ। तीन महिनादेखि सरकारी सहायता नपाउँदा कोहलपुरका १८३ जना गम्भीर रोगका बिरामी आर्थिक अभाव र उपचारको अन्योलबिच बाँच्न बाध्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)