८ सय रुपैयाँले बढ्यो सुनको भाउ, मूल्य कति ?
clickmandu.com · Thu Jul 30 05:14:53 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो अघिल्लो दिनको तुलनामा तोलामा ८ सय रुपैयाँको वृद्धि हो । यसअघि बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)